गत वैशाख १२ र २९ गते गएको भूकम्प तथा पराकम्पनका कारण मृत्यु हुनेको सङ्ख्या ८६०४, २१ हजार ६३ जना घाइते

गत वैशाख १२ र २९ गते गएको भूकम्पमा मृत्यु हुनेहरुको संख्या ८ हजार ६०४ पुगेको छ । २१ हजार ६३ जना घाइते भएका छन् । सर्बसाधारणका ७ लाख ५६ हजार २६६ घरमा क्षति पुगेको छ ।
यो तथ्यांक सोमबार विहान ९ बजेसम्मको हो ।
गत वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु बनाएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो । सो भूकम्पमा ८ हजार ४५६ जनाको मृत्यु भएको र १७ हजार ८८६ जना घाइते भएको गृहमन्त्रालयले जनाएको छ ।
यस्तै वैशाख २९ गतेको भूकम्पले १४८ जनाको मृत्यु भएको छ । ४ जना वेपत्ता छन् । मृतकमध्ये १४४ जनाको शव आफन्तलाई बुझाइसकिएको छ । घाइते ३ हजार १७७ मध्ये १६९८ जना विभिन्न अस्पतालमा उपचाररत छन् ।
वैशाख २९ को भूकम्पबाट हालसम्म ६ हजार १२ पूर्णरुपमा र ८ हजार ५१२ आंशिकरुपमा गरी जम्मा १४ हजार ५२४ भौतिक संरचनामा क्षति पुगेको गृहको तथ्यांकमा उल्लेख छ ।
यसैगरी वैशाख १२ को भूकम्पबाट सर्बसाधारणका ४ लाख ८८ हजार ७८९ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । २ लाख ६७ हजार ४७७ घरमा आंशिक क्षति पुगेको छ ।
भूकम्पपछि २५२ नेपाली र १११ विदेशी नागरिक बेपत्ता छन् । भग्नावशेषहरु हटाउने र वेपत्ताहरुलाई खोज्ने काम जारी छ । खोजीकार्यमा सुरक्षाकर्मीहरु खटिएका छन् । अन्लाईनखबरमा समाचार छ ।