भुइँचालोमा मृत्यु हुनेहरुमध्ये सबै भन्दा बढी महिला र बालिका

नेपाल प्रहरीलेसार्वजनिक गरेको तथ्याङ्क अनुसार भुइँचालोमा मृत्यु हुनेहरुमध्ये सबै भन्दा बढी महिला र बालिका छन् । 

१२ गतेको भुँइचालोमा हालसम्म ८ हजार ४ सय ९२ जनाको मृत्यु भएको छ । जसमध्ये ८ हजार १ सय ९३ को पहिचान खुलेको छ । पहिचान खुलेकामध्ये ३ हजार १ सय ४५ महिला, १ हजार ३ सय ५२ जना १६ वर्ष मुनिका बालिका छन् ।
२ हजार ४ सय ७६ पुरुष र १ हजार २ सय २९ बालक छन् । संचारमाध्यममा समाचार छ ।