काठमाडौं, जेष्ठ ७ । काठमाडौंबासी भूकम्प पीडितको राहत र उद्दारमा स्वतस्फूर्त जुट्न थालेका छन् ।
भुकम्पले धक्का दिएको राजधानीको कंकेश्वरीस्थित चामुण्डामाई मन्दिर वरिपरिका सतल र स्तम्भहरुका भग्नावशेष हटाउन स्थानीय सक्रिय भएका छन् ।
कंकेश्वरी मन्दिरका दुईवटा ठूलो स्तम्भ, सानो गणेशको मूर्ती र सिंहका मूर्तीहरु ढलेका छन् ।
यसैगरि शान्ति निकुञ्ज क्याम्पमा त्यस क्षेत्रका भूकम्प पीडितका लागि बस्ने व्यवस्था मिलाइएको क्याम्प सञ्चालन समितिका संयोजक शंकर महर्जनले जनाकारी दिए ।
संगै रहेको मरुहिटी वडा नंवर १९ मा २७ वटा घर भूकम्पले भत्किएको छन् भने अरु घरहरु चर्किएको अवस्थामा छ ।
घर भत्कदा सवारी साधन र आवतजावतमा अवरोध भएपछि स्थानीहरु आफै सरसफाई गर्न जुटेका छन् । मरुहिटीमा कयौं वर्षदेखि कम पानी आउने ढुङ्गधारामा भूकम्पपछि भने ठूलो पानी बग्न थालेको छ । इमेजखबरमा समाचार छ ।