गत वैशाख १२ गतेदेखि आज बिहीवारसम्म चार लोकल म्याग्निच्युडभन्दा माथिका २५३ पराकम्पन गएका छन् ।
पछिल्लो समय साँझ ७ बजेर ३० मिनेट जाँदा धादिङ् केन्द्रबिन्दु भएर ४.० लोकल म्याग्निच्युडको पराकम्पन गएको छ । त्यसअघि, दिउँसो २ बजेर ५६ मिनेट जाँदा नुवाकोट केन्द्रबिन्दु भएर ४.० र २ बजेर ११ मिनेट जाँदा दोलखा केन्द्रबिन्दु भएर ४.२ लोकल म्याग्निच्युडका पराकम्पन गएका थिए ।
पछिल्लो समयमा भूकम्पका पराकम्पन घट्दै गएका छन् । काठमाडौँ उपत्यकासहित भूकम्पप्रभावित जिल्लाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ। सेतोपाटीमा समाचार छ ।
अहिले साँझ १९:३० बजे धादिङ केन्द्रविन्दु गरी ४.० रिक्टर स्केल भूकम्पको धक्का महशुस गरिएको छ।
यस अघि आज दिउँसो पनि ४५ मिनेटको अन्तरालमा ( २:११ बजे र २: ५६ बजे ) भूकम्पको धक्का महशुस गरिएको छ।
दिउँसो २ बजेर ११ मिनेटमा ४.२ रिक्टर स्केल दोलखा केन्द्रविन्दु र २ बजेर ५६ मिनेटमा ४.0 रिक्टर स्केल नुवाकोट केन्द्रविन्दु भई भूकम्पको धक्का गएको हो।