गत वैशाख १२ गते गएको भूकम्प पछि आउने परकम्पन अझै रोकिएको छैन।
शुक्रबार साँझ २ वटा भूकम्पको धक्का महशूस भएको छ। सिन्धुपाल्चोक केन्द्र बिन्दु बनाएर चार रेक्टर स्केल भूकम्प गएको केही समय अगाडि दोलखा केन्द्र बिन्दु बनाएर ४.१ रेक्टर स्केलको धक्का महशूस गरिएको छ।
यसअघि दिउँसो २ बजेर ४५ मिनेटमा धादिङ र नुवाकोटको सीमालाई केन्द्र बिन्दु बनाएर ४.२ रेक्टर स्केल र ४.८ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
यसअघि हिजो तीन पटक परकम्प गएको थियो।
यसैबीच सरकारले यसअघि नै नचर्किएका घरमा बस्न आग्रह गर्दै सामान्य जनजीवनमा फर्किन आग्रह गरिसकेको छ। भूकम्प मापन केन्द्रले पनि परकम्पनको क्रम बिस्तारै पातलिँदै गएको भन्दै कसैको भ्रामक हल्लाका पछि नलाग्न आग्रह गरेको छ।
वैशाख १२ गतेको भूकम्प र त्यसपछिका परकम्पका कारण अहिलेसम्म ८,६२४ जनाले ज्यान गुमाइसकेका छन् भने २१,७७७ घाइते भएका छन्।
काठमाडौं – शुक्रबार बेलुका ६:४९ बजे अर्को पराकम्पन गएको छ । सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ४ रेक्टर स्केलेको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यस् अघी शुक्रबार बेलुका साढे पाँच बजे अर्को पराकम्पन गएको थियो । दोलखालाई केन्द्र बनाएर ४ दशमलव १ रेक्टर स्केलेको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । योसँगै शुक्रबार ४ वटा पराकम्पन गएको छ ।
यसअघि दिउँसो चार बजेर ४४ मिनेट जाँदा धादिङ र नुवाकोटको सीमा क्षेत्रलाई केन्द्र बनाएर ४ दशमलव ८ रेक्टर स्कलेको पराकम्पन गएको थियो । यस्तै दिउँसो दुई बजेर ४५ मिनेट जाँदा धादिङ र नुवाकोटको सीमा क्षेत्रनै केन्द्र बनाएर ४ दशमलव २ रेक्टर स्केलको पराकम्पन गएको केन्द्रले जनाएको छ ।
केही दिनदेखि पराकम्पन कम हुँदै गएका छन् । ठूलो भूकम्पपछि सना पराकम्पन आउनु सामान्य भएकाले नआतिन तर सचेत रहन केन्द्रले आग्रह गरेको छ ।

नेपालमा सातायताकै ठूलो भूकम्पको धक्का महसुस भएको छ । शुक्रबार अपरान्ह धादिङ र नुवाकोटलार्इ केन्द्र बनाएर फेरि पनि अर्को भूकम्प गएको हो ।
अपरान्ह ४ बजेर ४४ मिनेटमा ४.८ म्याग्निच्यूटको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । यो साताकै सबैभन्दा ठुलो धक्का हो ।
आजै दिउँसो २ बजेर ४५ बजे धादिङ र नुवाकोटलाई केन्द्र बनाएर ४.२ म्याग्निच्यूटको भूकम्पको धक्का महसुश भएका थियो । बिहीबार पनि ४ म्याग्निच्यूटमाथिका तीनवटा भूकम्पको धक्का महसुस भएको थियो ।
सो भूकम्पको धक्का धादिङ, नुवाकोट, गोरखा र रसुवासम्म महसुस भएको थियो । यो धक्काबाट कुनै मानवीय तथा भौतिक क्षति भएको छैन ।
बिहीबारमात्रै ४ म्याग्निच्यूटमाथिका तीनवटा भूकम्पको धक्का महसुस भएको थियो । साना परकम्प जाने क्रम जारी रहेका त्यसबाट नआत्तिन भूकम्प मापन केन्द्रले जनाएको छ । अन्नपूर्णमा समाचार छ ।