भूकम्पमा मुस्किलले ज्यान जोगाएर काठमाडौंबाट घर फर्किएका नेपालगन्जका विद्यार्थीहरू पठन पाठनका लागि पुनः काठमाडौं नफर्कने,

भूकम्पमा मुस्किलले ज्यान जोगाएर काठमाडौंबाट घर फर्किएका नेपालगन्जका विद्यार्थीहरू पठन पाठनका लागि पुनः काठमाडौं फर्कन डराइरहेका छन्। 
भूकम्पको डरले छोरा छोरी काठमाडौं फर्कन नमानेपछि अभिभावकहरूले उनीहरूलाई नेपालगन्जकै विद्यालयमा भर्ना गराएका छन्।
काठमाडौंका विद्यालयमा भर्ना भईसकेका विद्यार्थीसमेत नेपालगन्जका विद्यालयमा भर्ना हुन थालेका हुन्।
काठमाडौंमा भर्ना भई सकेका करिब ३ सय विद्यार्थी बाँकेका सामूदायिक विद्यालयमा सम्पर्क गरेको  निजी तथा आवासीय विद्यालय एशोशियसन प्याब्शन बाँकेका अध्यक्ष  ऋषिकेश जिसीले बताए।
विद्यालयमा भर्ना गर्ने अवधि सकिएको र पठनपाठन सुरू भई सकेको जनाउँदै बाँकेका कतिपय बोर्डिङ स्कुलले थप विद्यार्थी भर्ना गर्न नसकिने भन्दै विद्यार्थीलाई फर्कादिन थालेको छ।
विद्यार्थी संगठनले सबै बिद्यार्थीहरुले पठन पाठन गर्ने वातावरण मिलाउन जिल्ला शिक्षा कार्यालय बाँकेलाई अनुरोध गरेका छन्।
नेपालगन्जका नाम चलेका र ठूला बोडिङ स्कुलले कोटा पूरा भएको भन्दै नयाँ विद्यार्थी भर्ना लिन नमानेका कारण बाँकेका सयौं विद्यार्थी र उनका अभिभावक तनावमा छन्।
देशमा महाविपत्ति छ। यस्तो बेला समस्या परेकाहरुलाई सबैले आ आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने हो। तर, यस्तो बेलामा बोर्डिङ स्कुलका सञ्चालनले वाहना गरेर विद्यार्थीलाई फकाउने कार्य गर्नु दुःखद् भएको भन्दै समस्यामा परेका  विद्यार्थीलाई सरकारले सहज रूपमा पठन पाठनको ब्यवस्था मिलाउनुपर्ने अनेरास्ववियु बाँकेका अध्यक्ष मोहित शाहले बताए। 
भूकम्पको डरले काठमाडौंमा पढ्न जान डराइरहेका विद्यार्थीलाई बाँके जिल्ला कै विद्यालयमा पठन पाठनको ब्यवस्था मिलाउनका प्याब्शन एन प्याब्शन लगायत बिभिन्न संघ सस्थाहरुको सम्युक्त बैठक गरिरहेका छन्।
समस्यामा परेका विद्यार्थीहरुलाई सहज रूपमा पठन पाठनको ब्यवस्था मिलाइने जिल्ला शिक्षा कार्यालय बाँकेका  अधिकृत महेश अधिकारीले बताए।
यसैबीच भूकम्पबाट बाँकेका ३४ विद्यालयका करिब १ सय कक्षा कोठामा क्षति पुगेको जिल्ला शिक्षा कार्यालय बाँकेले जनाएको छ। क्षतिको विवरण आउने क्रम जारी छ। सेतोपाटीमा समाचार छ ।