सिन्धुपाल्चोकका १८ वटा गाविसका ६० भन्दा बढी बस्ती पहिरोको उच्च जोखिममा, स्थानान्तरण गर्न सुझाव

काठमाडौं । संसदीय उपसमितिले सिन्धुपाल्चोकका १८  वटा गाविसका ६० भन्दा बढी बस्ती पहिरोको उच्च जोखिममा रहेको भन्दै ती बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सुझाव दिएको छ ।
संसदको राष्ट्रिय विपद् व्यवस्थापन, अनुगमन तथा निर्देशन समितिअन्र्तगतको उपसमितिले शुक्रबार आफ्नो प्रतिवेदन बुझाउनेक्रममा सिन्धुपाल्चोकका ६० भन्दा बढी बस्तीलाई जेष्ठ मसान्तभित्र स्थानान्तरण गर्न सुझाव दिएको हो ।
उपसमितिले भौतिक तथा मानवीय क्षति र जनताको दैनिकीका हिसाबले सिन्धुपाल्चोकको अवस्था सन्चारमाध्यममा आएको भन्दा पनि निकै भयावह रहेको बताएको छ ।
सिन्धुपाल्चोकका तीनओटै निर्वाचन क्षेत्रको स्थलगत अवलोकनपछि संसदीय उपसमितिले जिल्लाका ९९ प्रतिशत घरहरु बस्न अयोग्य रहेको भन्दै तीनओटा केन्द्र खडा गरेर राहत र अस्थायी बसोबासको व्यवस्था चुस्त दुरुस्त पार्न सुझाव दिएको उपसमितिकी संयोजक रेखा शर्माले जानकारी दिइन् ।
वैशाख १२ गते र त्यसयता पटक