शुक्रबार बेलुका ८:४४ बजे अर्को पराकम्पन गएको छ । दोलखालाई केन्द्र बनाएर ४ दशमलव १ रेक्टर स्केलेको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । योसँगै शुक्रबार ५ वटा पराकम्पन गएको छ ।
काठमाडौं – शुक्रबार नेपालमा चारपटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पछिल्लोपटक बेलुका ६.४९ बजे सिन्धुपाल्चोकलार्इ केन्द्र बनाएर ४.० म्याग्निच्यूटको भूकम्पको धक्का महसुस भएको छ।
यो साताकै ठूलो भूकम्पको धक्का बुधबार महसुस भएको छ। शुक्रबार अपरान्ह धादिङ र नुवाकोटलार्इ केन्द्र बनाएर ४.४४ बजे ४.८ म्याग्निच्यूटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ। त्यसपछि बेलुका ५.१७ बजे दोलखालार्इ केन्द्र बनाएर ४.१ म्याग्निच्यूटको भूकम्पको धक्का महसुस भएको थियो।
यसअघि आजै अपरान्ह २ बजेर ४५ बजे धादिङ र नुवाकोटलाई केन्द्र बनाएर ४.२ म्याग्निच्यूटको भूकम्पको धक्का महसुस भएका थियो।बिहीबार पनि ४ म्याग्निच्यूटमाथिका तीनवटा भूकम्पको धक्का महसुस भएको थियो। साना परकम्प जाने क्रम जारी रहेका त्यसबाट नआत्तिन भूकम्प मापन केन्द्रले जनाएको छ।
वैशाख १२ को ७.६ रेक्टरको विनाशकारी भूकम्पपछि हरेक दिनजसो नेपालमा भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार अहिलेसम्म ४.० म्याग्निच्यूडभन्दा माथिका २५६ परकम्प गएका छन्। ४.० म्याग्निच्यूडभन्दा मुनिका परकम्पलाई केन्द्रले आफ्नो रेकर्डमा राख्ने गरेको छैन। त्यस्ता साना परकम्प त हजारौंपटक गएको केन्द्रले जनाएको छ। अन्नपूर्णपोष्टमा समाचार छ।