विनाशकारी भूकम्प र त्यसपछि निरन्तर गइरहेका पराकम्पनका कारण सिरहाका दर्जनभन्दा बढी प्रहरी कार्यालयको संरचनामा क्षति

गत वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछि निरन्तर गइरहेका पराकम्पनका कारण जिल्ला प्रहरी कार्यालय सिरहासहित जिल्लास्थित एक दर्जनभन्दा बढी प्रहरी कार्यालयको संरचनामा क्षति पुगेको छ । 
 
भूकम्पका कारण कार्यालय भवनमा क्षति पुगेपछि कामकाज गर्न समस्या भएको प्रहरी प्रमुखहरुले बताएका छन् । 
 
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक रामकृपाल साहका अनुसार भूकम्पले जिल्लाका छ वटा इलाका प्रहरी कार्यालय, पाँच वटा प्रहरी चौकी र जिल्ला कारागार सिरहाको कार्यालयमा क्षति पुगेको छ । 
 
भूकम्पबाट इलाका प्रहरी कार्यालय लहान, इलाका प्रहरी कार्यालय विष्णुपुरकट्टी, इलाका प्रहरी कार्यालय महेशवारी, इलाका प्रहरी कार्यालय धनगढी, इलाका प्रहरी कार्यालय विष्णुपुर, इलाका प्रहरी कार्यालय कल्याणपुर र इलाका प्रहरी कार्यालय महेशपुर पतारीको भवनमा क्षति पुगेको प्रहरी उपरीक्षक साहले जानकारी दिनुभयो । यस्तै, वडा प्रहरी कार्यालय सिरहा, प्रहरी चौकी कचनारी, प्रहरी चौकी ठाडी, प्रहरी चौकी जानकीनगर र प्रहरी चौकी मुक्सारको भवनमा क्षति पुगेको छ । 
 
भूकम्पका कारण जिल्ला प्रहरी कार्यालयसहितका प्रहरी कार्यालयको भवन, छावनी, हिरासत कोठा र पर्खालमा भूकम्पले क्षति पु