काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले भूकम्पपीडितका लागि आएको राहत हिनामिना हुन नदिने प्रतिबद्धता दोहोर्याएका छन् ।
शान्ति र लोकतन्त्रका लागि पेशागत सन्जाल (पापड)ले प्रधानमन्त्री दैवीप्रकोप उद्धार राहतकोषमा जम्मा गरेको रकम बुझ्दै शनिबार उनले कसैले हिनामिना गरेको सूचना पाए कारबाही गर्ने बताए ।
पापडले भने सरकारले आवश्यक ठानेमा भूकम्पपीडितको उद्धार, अनुगमन र पुनःस्थापनामा लाग्न आफूहरु तयार रहेको जानकारी प्रधानमन्त्री कोइरालालाई गराएको थियो ।
विपत्तिको घडीमा राज्य बलियोरुपमा प्रस्तुत हुनुपर्ने भन्दै पापडले सरकारले गर्ने काममा सहयोग गर्ने जनाएको छ ।
पापडआवद्ध संघ-संस्थाले दैवीप्रकोप उद्धारकोषमा ३ लाख ६ हजार रुपैयाँ जम्मा गरेका छन् । इमेजखबरमा समाचार छ ।