विनाशकारी भूकम्पपछि खोज तथा उद्धाकार लागि आएका साढे दुई हजार विदेशी सेना स्वदेश फिर्ता, १८ सय सेना फर्किने क्रममा

काठमाडौं – विनाशकारी भूकम्पपछि खोज तथा उद्धाकार लागि आएका साढे दुई हजार विदेशी सेना स्वदेश फिर्ता भइसकेका छन्। 
 
सैनिक जनसम्पर्क निर्देशनालयकाले दिएको जानकारी अनुसार हालसम्ममा विभिन्न अठार मुलुकका २५०९ सेना स्वदेश फर्किसकेका छन् भने १८ सय सेना तत्काल फर्किने क्रममा छन् ।
खोज तथा उद्वारको लागि आएका टोलीहरु फिर्ता हुने क्रममा शुक्रबार सम्ममा पोल्याण्डको ८१, मलेसियाको ४७, सिंगापुरको १८२, बंगलादेशको १९, अल्जेरियाको ७३, स्पेनको ६०, इजरायलको २८६, श्रीलंकाको १४१, थाईल्याण्डको ५४, ईण्डोनेसियाको १०५, पाकिस्तानको ८४, भुटानको ७७, जापानको ११४, चीनको २४८, बेलायतको ६, क्यानडाको १, अमेरिकाको ८० तथा भारतको ८५१ गरी जम्मा २५०९ जना खोज तथा उद्धार टोली स्वदेश फिर्ता भई सकेका छन् ।
 
यसैगरी संयुक्त राज्य अमेरिकाका २२०, चीनका ६९४, बेलायतका १२८, क्यानडा २०१ र भारतका ५६४ गरी जम्मा १८०७ जना स्वदेश फिर्ता हुने क्रममा रहेका छन्।  उद्धारका लागि विभिन्न ३४ राष्ट्रबाट उद्धारकर्तासहित चार हजारभन्दा बढी सेना आएका थिए।  विदेशी सेनाले सर्च एन्ड अप्रेशनका लागि एक सय २९ वटा कुकुर पनि ल्याएका थिए। टोली फर्किदा साथमा ल्याएका कुकुरपनि सँगै फिर्ता लगिएको छ। 
 
विनाशकारी भूकम्प गएपछि  तत्काल खोज तथा उद्धार कार्यको लागि विभिन्न १८ वटा मित्रराष्ट्रहरुका सेनाहरुको टोली आवश्यक उद्धार सामाग्री, हवाई साधनसहित नेपाल आएका थिए । भारतबाट एमआई-17  ८ वटा, एएलएच-५ वटा, चीनबाट एमआई-17 ५ वटा र अमेरिकाबाट  युएच- ३ वटा र एमभी-22 ओस्प्रे ४ वटा उद्धार तथा राहतक लागि नेपाल आएका थिए। उद्धारका लागि लागि आएका विदेशी सेनाले विशेष तालिम प्राप्त कुकुरहरु सहित नेपाल आएको थियो ।
 
नेपाली सेनाको समन्वयमा विभिन्न देशका सेनाहरु विभिन्न स्थानहरुमा खट्टि क्रमशः भूकम्प पीडितहरुको खोज, उद्धार, राहत, घाइते बिरामीहरुलाई उपचार सेवा प्रदान गर्ने कार्य एवम् भग्नावशेषहरु व्यवस्थापन गर्ने काममा लागेका थिए। उद्धार तथा खोजी कार्य लगभग सकिएकोले सरकारले विदेशी सेनालाई स्वदेश फर्किन आग्रह गरिसकेको छ। त्यही आग्रहअनुसार आफ्ना उपकरण तथा साधनको व्यवस्थापन गर्दै विदेशी सेना स्वदेश फर्किने क्रममा छन् । अन्नपूर्णपोस्टमा समाचार छ ।