काठमाडौंमा भूकम्प पीडितका पाल हावाहुरीले उडाएपछि बिचल्ली, राहत बोकेको ट्रक त्रिशूलीमा खस्यो

हे ईश्वर, दुःखीको घरमा मात्र तेरो बास हुने भए मलाई अझ दुःख दे, नाटककार बालकृष्ण समको यो हरफले भूकम्प पीडित भएर पालमुनी बसेका बस्न बाध्य हजारौंको पीडालाई पनि छोएको छ।
काठमाडौं प्रहरीका अनुसार अपरान्ह पाँचबजेदेखि आएको हावाहरूले अहिलेसम्म ठूलो क्षति नभएपनि पाल र त्रिपाल उडाएर सयौलाई अत्याएको छ।
विष्णुमति किनारमा टंकेश्वरदेखि शोभा भगवतिदेखि सडक किनारमा पाल टागेर बसेकाहरू अप्ठेरो परेको छ।
जनसेवा प्रहरीका अनुसार टुडिखेलमा पनि त्रिपालहरू हुरीले उडाएको छ। भूकम्पपछि काठमाडौं उपत्यकाको खुला ठाउँमा हजारौं मानिसहरू अझै पनि पालमा बसीरहेका छन्।
 
खुलामञ्चमा हावाहुरीले केही असर पुर्‍याको जनसेवा प्रहरीले जनाएको छ। बिष्णुमती किनारमा टंकेश्वरसम्म पाल टाँगेर बसेकाहरुलाई हावाहुरीले समस्या थपेपनि असर नगरेको कालिमाटी  प्रहरीका सइ अमर रावतले सेतोपाटीलाई जानकारी दिए। सेतोपाटीमा समाचार छ ।  
राहत बोकेको ट्रक त्रिशूलीमा खस्यो
राहत बोकेर काठमाडाैं  जाँदै गरेको ट्रक पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-नैबिसे सडकखण्डको घोप्टे भिरमा आज दुर्घटना भएको छ । 
विराटनगरबाट काठमाडौँका लागि राहत सामग्री बोकेर गएको ना४ख ९७६४ नम्बरको ट्रक घोप्टे भिरबाट त्रिशूलीमा खसेको हो । 
 
दुर्घटनामा परी दुई जना घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । दुर्घटनामा परी घाइते भएका चालक र सहयोगी चालकको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । रासस