काठमाडौंमा ठूलो हावाहुरीसँगै भीषण वर्षा, स्वयम्भू नजिकै सानोभर्याङमा हावाहुरीले रूख ढल्दा एकको मृत्यु, विमानस्थल अबरुद्ध
जेष्ठ ९ गते, २०७२ मा प्रकाशित
काठमाडौ – काठमाडौंमा साँझ ५ बजेदेखि ठूलो हावाहुरीसँगै पानी परेको छ । एक्कासि माैसममा अाएको परिवर्तनले जनजीवन प्रभावित बनाएको छ । मौसम पूर्वानुमान महाशाखाले काठमाडौं आसपासमा हावाहुरीसँगै वर्षा भएको जनाएको छ । महाशाखाका अनुुसार मौसममा भएको क्षणिक बद्ली केही घण्टामा सामान्य अवस्थामा फर्किने छ ।
मौसमविद् शान्ति कँडेलले केही घण्टा अगाडि धादिङको आकाशमा बनेको बादल हावाहुरीसँगै उपत्यका छिरेको बताइन् ।