तस्विरः राम गुरूङ
पोखरा र आसपासका क्षेत्रमा असिनासँगै परेको भीषण वर्षाले बालीनालीमा व्यापक क्षति भएको छ ।
असिना पानीले ६० प्रतिशतभन्दा बढी मकैबाली, आँप, लिची, सुन्तला र सागसब्जी नष्ट भएको छ ।
गत वैशाख १९ गतेको असिना पानीले यस क्षेत्रमा रु पाँच करोडभन्दा बढीको फलफूल र सागपातमा क्षति पुगेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
असिना पानीले त्रिपालमा ओत लागेका भूकम्पपीडितको पनि विचल्ली भएको छ । रासस