कालीगण्डकी नदी थुनिँदा पाल्पा र स्याङ्जा जिल्लाका बासिन्दा त्रसित

म्याग्दीको भगवती गाविस, २ बैसरीमा कालीगण्डकी नदी थुनिँदा पाल्पा र स्याङ्जा जिल्लाका बासिन्दासमेत त्रसित बनेका छन् ।
पाल्पा जिल्लाको अर्गली, बौघागुम्हा, खानीगाउँ, यम्घा, दर्लमडाँडा, खानीछाप, हुँगी, हेक्लाङ्, रामपुर नगरपालिका (गेझा, खालीवन, रामपुर, दर्छा, गाँडाकोट), बाँकामलाङ् गाविसका नदी तटका बासिन्दा त्रसित बनेका हुन् ।
यसैगरी स्याङ्जाको, कारिकोट चण्डीभन्ज्याङ्, आलमदेवी, श्रीकृष्णगण्डकी, तुलसीभन्ज्याङ्, मालुङ्गा, चापाकोट नगरपालिका लगायतको नदी छेउका बस्ती जोखिममा छन् ।