
म्याम्दीको राम्चेमा पहिरो खसेर काली गण्डकी नदी थुन्दा बनेको बनेको ताल फुटेको छ ।
म्याग्दी, जेष्ठ १० – १५ घन्टासम्म पहिरोले थुनिएको कालीगण्डकी नदि साँझ पाँच बजेदेखि खुलेको छ । पहिरोले बनाएको बाँध पानीले भरिएपछि नदि खुलेको हो ।
बाँधबाट छुटेको बाढी सदरमुकाम बेनी आई पुग्न एक घन्टा लागेको थियो । नदिमा पानीको सतह बर्खायाममा आउने बाढीभन्दा दुई मिटर बढी बढेको थियो । नदि तटिय क्षेत्रका साना छाप्रा तथा घरसम्मै बाढी पसे पनि ठूलो क्षति पुर्याएको छैन ।
प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार अवस्था खतरामुक्त छ । बाढीबाट कुनै मानवीय तथा भौतिक क्षति भएको छैन । नदी थुनिएपछि दिनभर तनावग्रस्त रहेका नदि तटिय क्षेत्रका बासिन्दाले राहत महसुस गरेका छन् । डाँडापाखामा पुगेका सदरमुकाम बेनीबासीसमेत नदि तटिय क्षेत्रका बासिन्दा पुन: घर फर्कन थालेका छन् । जनजीवन सामान्य हुँदै गएको छ ।
सदरमुकाम बेनीदेखि ९ किलोमिटर उत्तर बेनी