हावाहुरीसँगै आएको पानीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

 मंगलबार राति हावाहुरीसँगै आएको पानीले मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ।
राति साढे १० बजेदेखि शुरु भएको आँधीहुरीका कारण विमानस्थल पनि साढे १० बजेदेखि नै बन्द भएको हो।
आँधीहुरी रोकिएपछि विमानस्थल पुनः सुचारू हुने विमानस्थल स्रोतले जनाएको छ।
यसैबीच मध्यरातको हावाहुरीले घरबारबिहीन भएर पालमा बसेका सर्वसाधारणलाई थप सास्ती दिएको छ। सेतोपाटीमा समाचार छ ।