काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले भूकम्पले ल्याएको महाविपत्ति र संकट समाधान गर्न सबै नेपाली एकजुट भएको प्रतिक्रिया दिएका छन् ।
विभिन्न संघ-संस्थाले बुधबार प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको रकम बुझ्दै प्रधानमन्त्री कोइरालाले भूकम्पपीडितलाई सरकारले प्रभावकारीरुपमा राहत वितरण गर्ने बताए ।
कोषमा जम्मा भएको रकम कुनै हालतमा दुरुपयोग हुन नदिने प्रतिबद्धता दोहोर्याउँदै उनले मुलुक विपत्तिमा परेका बेला सबै एकसाथ उभिनुपर्ने बताए ।
बुधबार एनसीसी बैंकले ५१ लाख, नेपाल दुःख निवारण संघ ल्हासाले ५७ लाख, प्रजातान्त्रिक प्राध्यापक संघले १९ लाख ९७ हजार ६ सय ११, बीपी कोइराला मेमोरियल ट्रस्टले ६ लाख, डिलाइट ऋण सहकारी संस्थाले १ लाख ११ हजार १ सय ११ रुपैयाँ राहत कोषमा जम्मा गरेका छन् । इमेजखबरमा समाचार छ ।