बर्दिया लगायत पश्चिम केही जिल्लाको तापक्रम ४३ डिग्री, सर्वसाधारण नराम्ररी प्रभावित

बर्दिया, नवलपरासी  । बर्दिया लगायत पश्चिम केही जिल्लाको तापक्रम ४३ डिग्री नाघेको छ ।
केही दिन अघिसम्म ३० डिग्रीसम्म रहेको तापक्रम एकाएक ४३ डिग्री सम्म पुग्दा सर्वसाधारण नराम्ररी प्रभावित बनेका छन् ।
जेठ महिनाको दोश्रो साता पुगिसक्दा पनि मनशुन सुरु नभएपछि गर्मीको पारो एक्कासी वढेको हो ।
गर्मीका कारण विद्यार्थी, वालवालिका, बृद्धबृद्धा लगायत पशुचौपायाहरु समेत प्रभावित भएका छन् ।
गर्मीका कारण जिल्ला अस्पताल बर्दियामा विरामीको समेत चाँप वढेको छ ।
अस्पतालको वहिरंग तथा अन्तरंग सेवामा दिनहुँ सयौं गर्मीबाट प्रभावित वनेका विरामीहरु आउने गरेको जिल्ला अस्पतालले जनाएको छ ।
गर्मीका समयमा घाममा धेरै नहिड्न, प्रशस्त पानी लगायत झोलिलो पदार्थ पिउन चिकित्सकले सुझाव दिएका छन् ।
मौसमविदहरुका अनुसार जेठ २७ गते पछि मात्र नेपालमा मनसुन शुरु हुने जनाइएको छ ।
उता, नवलपरासीमा पनि केही दिन यता एक्कासी बढेको गर्मीका कारण जनजीवन नराम्ररी प्रभावित भएको छ ।
जसका कारण अस्पतालसहित स्वास्थ्य संस्थाहरुमा बिरामीको चाप बढेको छ । सडकमा पैदल यात्रीदेखि सरकारी कार्यालयमा सेवाग्रहीको उपस्थिति न्यून छ ।
गर्मीले सबैभन्दा बढी स्कुले बालबालिका, बृद्धबृद्धा र दिनभरी काम गरेर खाने मजदुरहरुलाई प्रभावित पारेको छ ।
दिउंसो ११ बजेदेखि २ बजेसम्म सडक प्रायः शून्य जस्तै देखिन्छ । अहिले परासी क्षेत्रको तापक्रम ४२ डिग्रीको हाराहारीमा पुगेको छ । इमेजखबरमा समाचार छ ।