भूकम्पका कारण जमिन फाट्ने र पहिरो चल्ने क्रम नरोकिएपछि महिनायता हजारौंले बस्ती छाडे

चौतारा – बरुवा ५ सिम्पानीका दमैसिंह तामाङको पाँचजनाको परिवार कुम्लो बोक्दै मुलम्ची झरे। ठाउँठाउँमा रात बिताउँदै अहिले उनको परिवार भक्तपुरको बोडे पुगेको छ। घर लड्यो, बारी पहिरोले लग्यो, टेक्ने ठाउँ चिराचिरा भयो, दमैसिंहले भने, गाउँ छाड्ने मन त कहाँ थियो र?
घरले पुरेर बाबु, दाइ र भतिजी गुमाएका ग्याल्बो वाइबा आफू र आफ्ना छिमेकीले वस्तुभाउ फुकाएर गाउँ छाडेको झल्झली सम्झिरहेका छन्। उनी भन्छन्,