काठमाडौं । भूकम्पका कारण गत वैशाख १२ गतेदेखि बन्द रहेका निजी तथा सरकारी बिद्यालय आजबाट संचालनमा आएका छन् ।
वैशाख १२ गतेको भूकम्पपछि सरकारले जेठ १ गतेबाट कक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो ।
तर वैशाख २९ गतेको ठूलो पराकम्पनपछि जेठ १७ गतेबाट कक्षा सञ्चालन गर्ने मिति तय भएको हो ।
सरकारले बिद्यालय संचालन गर्ने समय दुई सातापछि सार्दा समेत अधिकांश बिद्यालयले सामान्य तयारी नगर्दा बिद्यार्थी र अभिभावकमा भने अन्योल छाएको छ ।
शहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा अस्थायी कक्षा कोठा निर्माणको काम अघि बढ्न नसकेपछि विद्यालय खुले पनि तत्काल पढाई सुरु हुने अवस्था छैन ।
विद्यालय संचालकहरुले भने केही दिन विद्यार्थीहरुका लागि खेलकूद र मनोरञ्जनका कार्यक्रम संचालन गरिने र विस्तारै उनीहरुलाई सामान्य अवस्थामा फर्काएर पढाउन थालिने जनाएका छन् । इमेजखबरमा समाचार छ ।