पश्चिम तराईमा केहिदिन देखि बढिरहेको गर्मी आइतबार बेलुकीदेखि क्रमश: कम हुने जल तथा मैसम विज्ञान विभाग विभागले जनाएको छ।
विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बेलुकीदेखि पश्चिमी वायु सक्रिय हुने भएकाले मौसम बदली हुनेछ।
मौसम बदली भएपछि तापक्रम घट्ने भएकाले केही दिनदेखि बढीरहेको गर्मी कम हुँदै जाने महाशाखाको अनुमान छ।
केही दिनदेखि गर्मीसँगै तातो हावा चल्न थालेपछि पश्चिम तराईको जनजीवन प्रभावित भएको छ । विशेषगरी महेन्द्रनगर, धनगढी, नेपालगञ्ज र आसपासका क्षेत्रमा गर्मी बढेको महाशाखाले जनाएको छ।
भारतको राजस्थान मरुभूमीबाट भित्रिएको तातो हावाको प्रभावका कारण पश्चिम तराईमा गर्मी बढेको मौसमविदले बताएका छन्।
भारतमा तातो हावाका कारण अहिलेसम्म ११ सय भन्दा बढिको मृत्यु भइसकेको छ।
पूर्वानुमान महाशाखाका अनुसार आइतबार पूर्व, मध्य र पश्चिमका पहाडी क्षेत्रमा समेत् आशिंक बदली हुनेछ। सेतोपाटीमा समाचार छ ।