काठमाडौं – सोमबार काठमाडौंमा अंग्रेजी वर्ष २०१२ पछिकै सबैभन्दा बढी गर्मी दिन साबित भयो ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले सोमवार (१ जुनमा) काठमाडौंमा ३३.५ डिग्रिसेल्सियस तापक्रम रेकर्ड भएको र त्यो तीन वर्षपछिको सबैभन्दा बढी भएको कान्तिपुरलाई बताए ।
सोमवार काठमाडौंभन्दा विराटनगर सित्तल रह्यो । विराटनगरमा सोमवार ३१.६ डिग्रिसेल्यिसयस तापक्रम रेकर्ड भएको महाशाखाले उल्लेख गरेको छ । पश्चिम नेपालमा झण्डै दुई साताअघिदेखि गर्मी बढेपनि गत सातासम्म काठमाडौं सित्तलै थियो । शनिवार र आइतबार पनि काठमाडौंको तापक्रम ३३ डिग्रिकै हाराहारीमा थियो ।
सोमबार सबैभन्दा बढी नेपालगञ्जमा ४१.९ डिग्रि रेकर्ड भयो । यस्तै दिपायलमा ३८.८, भैरहवामा ४१.१, धनगढीमा ४०.२ र सिमरामा ४०.४ डिग्रि रेकर्ड भएको महाशाखाले जनाएको छ । काठमाडौंमा १९८९ को मे ७ मा रेकर्ड भएको तापक्रम भने अहिलेसम्म