सोमबार बिहान १० बजेसम्ममा भूकम्पमा परी मर्नेको सख्या आठ हजार छ सय ९९ र घाइते हुनेको संख्या २२ हजार चार सय ८९ पुगेको छ।
भूकम्पमा परी काठमाडौं उपत्यकामा एक हजार सात सय २९, पूर्वाञ्चलमा ५८, मध्यमाञ्चलमा छ हजार चार सय ५५, पश्चिमाञ्चलमा चार ५५ र मध्यपश्चिमाञ्चलमा दुई जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।
यसैगरी काठमाडौँ उपत्यकामा १३ हजार १२, पूर्वाञ्चलमा चार सय ५२, मध्यमाञ्चलमा सात हजार सात सय ४५, पश्चिमाञ्चलत्रमा एक हजार दुई सय ४२, मध्यपश्चिमाञ्चलमा ३६ जना र सुदूरपश्चिमाञ्चलमा दुई जना घाइते भएका छन्। घाइतेमध्ये चार हजार छ सय ५३ जनाको उपचार भइरहेको छ।
भूकम्पमा परी नेपाल प्रहरीका छ, नेपाली सेनाका नौ, सशस्त्र प्रहरी बलका एक, ११ जना निजामती कर्मचारी तथा ७९ विदेशीको मृत्यु भएको छ।
त्यसैगरी नेपाल प्रहरीका एक सय ८३, नेपाली सेनाका छ, सशस्त्र प्रहरी बलका ३२ र ५० जना विदेशी पर्यटक घाइते भएका छन्। भैँचालोमा परेर हालसम्म एक सय ९३ नेपाली र ८० जना विदेशी बेपत्ता भएका छन्। रासस