शक्तिशाली हुरीले सिन्धुलीमा हजारौं रुखहरु ढालेपछि बस्तीहरु जोखिममा

सिन्धुली । शक्तिशाली हुरीले सिन्धुलीको डांडीगुरांसे गाउं विकास समितिका जलेवा, वेतझोरीलगायत एक दर्जन सामुदायिक वन क्षेत्रका हजारौं रुखहरु ढालेपछि नजिकका बस्तीहरु जोखिममा परेका छन् ।
चनौंटे, मझिनी, दमार, जखनी, काफ्लेटार लगायतका मानव बस्तीहरु असुरक्षित भएका हुन ।
वैशाख १२, १३ र २९ गतेको भूकम्पले सालका रुखहरु हल्लाएर कमजोर बनाएकै बेला जेठ ९ गते आएको हुरीले हजारौं रुखहरु ढालेपछि यि बस्ती जोखिममा परेका हुन् ।
हुरीले जंगलका ठूला रुखहरु ढालेपछि ती बस्तीहरुमा पानीको मुहानहरु सुक्ने खतरा बढेको छ भने वर्षायाममा पहिरो र भूक्षय हुने खतरा बढेको छ ।
रुखहरु ढल्दा डाडीगुरांसे गाविसमा पर्ने चुरे आसपासको वन क्षेत्र नै सखाप भएको छ । इमेजखबरमा समाचार छ ।