सिन्धुपाल्चोकमा भएको हेलिक्टर दुर्घटनामा परी ज्यान गुमाउने चारै जनाको सनाखत

सिन्धुपाल्चोकमा भएको हेलिक्टर दुर्घटनामा परी ज्यान गुमाउने चारै जनाको सनाखत भएको छ।
सिन्धुपाल्चोक प्रहरीका अनुसार मृत्यु हुनेमा क्याप्टेन भक्तपुर घर भएका सुवेग श्रेष्ठ, अमितकुमार सिंह, शेरबहादुर कार्कीसहित एक जना डच महिला छन्।
जमिनबाट होचो उडिरहेको हेलिकोप्टर बिजुलीको नाङ्गो तारमा छोएको थियो। दुर्घटनाग्रस्त हेलिकोप्टर पूर्णरुपमा ध्वस्त भएको छ। सेतोपाटीमा समाचार छ ।