युबराज कंडेल /अर्घाखाँची टाईम्स । बुटवल, जेष्ठ २० – उच्च माध्यमिक शिक्षा परिषद सानोठिमी भक्तपुर द्वारा लिईने बोर्ड परीक्षा आज बुधबार बाट शुरु भएको छ । बैशाख १२ गते आएको भूकम्पको कारणले एक महिना स्थगित भएर शुरु हुन लागेको परीक्षाको लागी सम्पूर्ण तयारीहरु पुरा भैसकेको परिषदले जनाएको छ ।
उच्च माध्यमिक शिक्षा परिषद बुटवल कार्यालय अन्तर्गत पर्ने लुम्बिनी अंचलका ६ जिल्ला र राप्ती अंचलका प्युठान र रोल्पा गरि आठ जिल्लाहरुमा ८१ हजार ६०४ जना बिध्यार्थीहरु यसवर्षको परीक्षामा सहभागी हुने कुरा परिषदको बुटवल कार्यालयले बताएको छ ।
परिषद को बुटवल कार्यालयका शाखा अधिकृत बाबुराम भण्डारीका अनुसार बुधवार देखी शुरु हुने कक्षा १२ को परिक्षामानियमित तर्फ २३ हजार १ सय ९५ र आंशिक तर्फ १७ हजार ६२ जना गरि कूल ४० हजार २९७ जनाले परीक्षा दिदैछन । कुल परिक्षार्थीहरु मध्ये १८ हजार ५ सय ४३ जना छात्र र २१ हजार ७ सय १४ जना छात्रा रहेका छन् । कक्षा ११ को परीक्षामा भने ४१ हजार ३ सय ४७ जना सहभागी हुदैछन । कक्षा ११ का कूल परिक्षार्थीहरु मध्ये २६ हजार २१४ जना नियमित तर्फ र १९ हजार १३३ आंशिक तर्फका बिध्यार्थीहरु रहेका छन् ।
परिषद्को बुटवल कार्यालयका अनुसार यसपालिको परीक्षामा लुम्बिनी अंचलका ६ जिल्लाबाट ७५ हजार ७ सय ७१ विद्यार्थीले परीक्षा दिदैछन । कार्यालय श्रोतका अनुसार रुपन्देही जिल्लामा सबै भन्दा बढी परिक्षार्थीहरु छन् । रुपन्देहीका ३० वटा परीक्षा केन्द्रमा २९ हजार ८ सय ३२ जना परीक्षार्थीले परीक्षा दिदैछन । यसपाली अर्घाखाँची जिल्लामा सबै भन्दा कम परिक्षार्थीहरु रहेका छन् । यहाका ७ वटा परीक्षा केन्द्रमा ४ हजार ३४८ परिक्षार्थीहरु रहेका छन् ।
बैशाख १२ गते देखि कक्षा १२ को परिक्षा संचालन हुने पूर्व तालिका भएपनि देशमा आएको महाभूकम्पको कारणले परिक्षा एक महिना पछाडी सरेको हो । भूकम्पको असर लुम्बिनी र राप्ति अन्चलमा कम परेको र उच्च माध्यमिक शिक्षा परिषद र स्थानीय प्रशासनले सबै परिक्षा केन्द्रहरुको अवस्था अनुगम गरि परिक्षा संचालनको लागि सुरक्षित देखिएकोले परिक्षा संचानल गर्न लागिएकोले निर्धक्क भएर परीक्षामा समावेश हुन सकिने परिषदका बुटवल कार्यालयक निमित्त प्रमुख नोगेन्द्र खनालले जानकारी दिएका छन ।
कक्षा ११ र १२ को परीक्षाको लागी लुम्बिनी अन्चलमा ८७ र राप्ती अंचलका प्युठान र रोल्पामा ८ वटा परीक्षा केन्द्रहरु निर्धारण गरिएको छ । परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन सबै केन्द्रहरुमा आवस्यक सबै सामाग्रीहरु पुर्याइसकेको र केन्द्राध्यक्ष, निरीक्षक र पर्यवेक्षक लगायत सबै जनशक्ति खटाइसकेको परिषदका बुटवल कार्यालयले जनाएको छ ।