सशस्त्र द्वन्द्वका समयमा ज्यान गुमाएका र बेपत्ता पारिएकाका परिवारलाई जिल्ला प्रशासन कार्यालय इलामले राहत वितरण सुरू गरेको छ।
एक सय १६ जना मृतकमध्ये ४८ जना मृतकका नजिकका नातेदारले एक लाख रुपैंयाका दरले राहत बुझेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
यस्तै चार जना बेपत्तामध्ये दुई जनाका नजिकका नातेदारले पनि रु एक लाखका दरले राहत बुझेको सो कार्यालयका लेखापाल भीष्म दाहालले बताएका छन्।
द्वन्द्वका क्रममा मृत्यु भएका र बेपत्ता पारिएका व्यक्तिलाई सरकारले फेरि एक लाख रुपैंयाका दरले राहत प्रदान गरेको हो। यसअघि पनि उनीहरूलाई प्रतिव्यक्ति तीन लाख रुपैंयाका दरले राहत वितरण गरिसकेको छ।
शान्ति तथा पुनःनिर्माण मन्त्रालयको राहत तथा पुनःस्थापना एकाइ बबरमहलले मृतक र बेपत्ता परिवारलाई राहत वितरण गरेको हो । केन्द्रबाट आवको अन्त्यतिर बजेट आएकाले तत्काल मृतक र बेपत्ताका आफन्तलाई सम्पर्क गर्दा अझै पनि सम्पर्कमा नआएको लेखापाल दाहालले बताए। रासस