भूकम्पपछिको सुख्खा पहिरोका कारण काभ्रेका विभिन्न गाविसका ४ सय १९ परिवार विस्थापनको खतरामा

काभ्रे – भूकम्पपछिको सुख्खा पहिरोका कारण  काभ्रेका विभिन्न गाविसका ४ सय १९ परिवार विस्थापनको खतरामा छन्। पहिरोको उच्च जोखिममा रहेका ती परिवार सुरक्षित बासको खोजीमा छन्।
जिल्ला दैवीप्रकोप उद्धार समिति अन्तर्गत नेपाली सेनाको खड्ग दल गणले ती स्थानको स्थलगत अवलोकनपछि जोखिम पहिचान गरेको हो। जिल्लाका ६ नगरपालिका र ७६ वटै गाविसमा टोली परिचालन गरिरहेका छौँ,