भूकम्पसँगै आएको हिमपहिराले पुरी लाङटाङ गाउँमा हराइरहेका नागरिकको फेरि खोजी सुरु

गत वैशाख १२ गतेको भूकम्पसँगै आएको हिमपहिराले पुरी लाङटाङ गाउँमा हराइरहेका नागरिकको फेरि खोजी सुरु गरिएको छ । 
 
नेपाली सेना नारायण दलका गणपति लक्ष्मण थापाका अनुसार हिमालबाट झरेको हिउँको मात्रा केही पग्लिएर घटेका कारण पुनः खोजीका लागि महावीर गण (रेन्जर) का १८ जनासहित २६ जनाको टोली बिहिबारदेखि परिचालन भएको हो । 
 
पहिराले लाङटाङ गाउँ पुरिँदा लाङटाङ निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना नारायण दल गणअन्तर्गत लाङटाङ चौकीमा कार्यरत सेना, स्थानीयवासी र विदेशी पर्यटकसमेत बेपत्ता भएका छन् । 
 
हराइरहेकामा करिब ३३३ जना नागरिक भएको स्थानीयवासीको अनुमान भए पनि पहिलो चरणको खोजी तथा उद्धारमा १२८ जनाको शव प्राप्त भएको थियो । तीमध्ये ११२ स्थानीयवासी र अन्य पर्यटक तथा पथप्रदर्शकसमेत रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । 
 
यसैगरी लाङटाङ जाने पदमार्ग खुलाउन नारायण दल गणका ३० जना, कालीशक्ति इन्जिनियर गणका १४, सशस्त्र प्रहरीका १०, नेपाल प्रहरीका दुई र प्राविधिक दुईसमेत परिचालन भइरहेको छ । आज साँझसम्म स्याफ्रु बृद्धिम, शेर्पागाउँ हुँदै रिमुचेसम्म पैदल मार्ग खुलाउने लक्ष्य राखिएको नारायण दल गणले जनाएको छ । 
 
मृत्यु भएका र हराइरहेका आफ्ना ११ सैनिक परिवार पहिरामा गुमेका कारण चिन्तामा रहेको नेपाली सेनाले खोजी र उद्धारलाई निरन्तरता दिएको छ । हिउँको सतह केही घटेपछि खोजी र उद्धारमा सहजता आउने अनुमान गरिएको सेनाले जनाएको छ । 
 
सेना परिचालन गरी जोखिमपूर्ण घर भत्काउने, सरकारी कार्यालय तथा विद्यालयका अस्थायी टहरा बनाउने र असहाय