काठमाडौं – शुक्रबार दिउँसो काठमाडौं केन्द्र बनाएर पराकम्प गएको छ । दिउँसो दुई बजेर १६ मिनेट जाँदा काठमाडौं केन्द्र बनाएर चार रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यो शुक्रबार गएको दोस्रो पराकम्प हो । यसअघि बिहान १० बजेर दुई मिनेट जाँदा ४ दशमलव १ रेक्टर स्केलको पराकम्प गएको थियो ।
वैशाख १२ गते गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पपछि अहिलेसम्म ४ रेक्टर स्केल भन्दा माथिका तीन सय वटा पराकम्प गएको केन्द्रले जनाएको छ । ठूलो भूकम्पपछि साना पराकम्प जाने भएकाले नआतिन तर सचेत रहन विज्ञले आग्रह गरेका छन् । उज्यालो एफ.एममा समाचार छ ।
काठमाडौं । गत वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दू भएर गएको शक्तिशाली भूकम्पपछिका पराकम्पन आउनेक्रम अझै रोकिएको छैन ।
शुक्रबार बिहान १० बजेर २ मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दू भएर ४ दशमलव १ म्याग्निच्यूडको पराकम्पन आएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि, विहीबार एकमात्र पराकम्पन आएको थियो भने बुधबार चारओटा पराकम्पन आएका थिए । इमेजखबरमा समाचार छ ।