भूकम्पपीडितको सहयोगार्थ राजनीतिक दलका शीर्ष नेता र कलाकारबीच भएको मैत्रीपूर्ण फुटबल खेल कलाकारले ३-०ले जिते


भूकम्पपीडितको सहयोगार्थ राजनीतिक दलका शीर्ष नेता र कलाकारबीच भएको मैत्रीपूर्ण फुटबल खेल कलाकारले जितेका छन्।



राष्ट्रपति डा रामवरण यादवद्वारा हलचोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा उद्घाटन गरिएको प्रतियोगितामा कलाकारहरूको टोलीले राजनीतिक दलका नेताहरूको टोलीलाई ३-० गोल अन्तरले हराएको हो।



प्रधानमन्त्री सुशील कोइरालासहित प्रमुख दलका शीर्ष नेता प्रतिस्पर्धाका लागि मैदानमा उत्रिएका थिए।



हरियो जर्सीमा प्रतिस्पर्धामा लागि मैदानमा उत्रिएका प्रधानमन्त्री कोइराला २५ मिनेटसम्म मैदानमा खेले। यस्तै टोलीमा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, माधकुमार नेपाल, डा बाबुराम भट्टराई, पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारलगायत विभिन्न राजनीतिक दलका शीर्ष नेता सहभागी थिए।


प्रधानमन्त्री कोइराला ११ नंको जर्सीमा उत्रिएका थिए। नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य ३५ नं जर्सीमा सहभागी थिए।

राजनीतिक दलका तर्फबाट उपसभामुख ओनसरी घर्ती, नेत्री पम्फा भुसाल र हिसिला यमी तथा कलाकारका तर्फबाट करिष्मा मानन्धर र दीपाश्री निरौला महिला खेलाडीका रुपमा मैदानमा उत्रिएका थिए।



यस्तै रातो जर्सीमा उत्रिएका कलाकार टोलीको नेतृत्व मह जोडीले गरेको थियो। टोलीमा चर्चित कलाकारको सहभागिता रहेको थियो।



निकै उत्साहका साथ खेलको नियम पूर्ण पालना गर्दै दुवै टोलीबीच घम्साघम्सी भएको थियो।



नेता र अभिनेताको खेललाई रुचिपूर्वक नियालिरहेका दर्शकले बेला