अत्याधिक गर्मीले देशको मध्य तथा पश्चिम भेगमा जनजिवन प्रभावित

काठमाडौं । अत्याधिक गर्मीले देशको मध्य तथा पश्चिम भेगमा जनजिवन प्रभावित भएको छ । काठमाडौ उपत्यकामा आज पनि तापक्रम घट्ने संभावना छैन ।
मौसम पुर्वानुमान महाशाखाका मौसमविद वरुण पौडेलका अनुसार काठमाडौं उपत्यकामा आज दिउसोको अधिकतम तापक्रम ३३ देखि ३५ डिग्री सेल्सियसको विचमा रहनेछ ।
उपत्यकाको तापक्रम शनिवार तीन वर्ष यताकै उच्च विन्दुमा पुगेको थियो । शनिवारको तापक्रम ३५ डिग्री सेल्सियस् पुगेको महाशाखाले जनाएको छ ।
२०१२ को जुन महिनामा  काठमाडौंको तापक्रम ३५ दशमलव २ डिग्री सेल्सियस पुगेको थियो ।
यसैबीच अत्याधिक गर्मीले नेपालगंज लगायत पश्चिम तराईका जिल्लाहरुमा जनजिवन कष्टकर बनेको छ ।
मध्यपश्चिममा आज पनि तापक्रम ४१ देखि ४३ डिग्री सेल्सियसको विचमा रहनेछ भने पुर्वी तराईमा ३५ देखी ३६ डिग्रीको विचमा रहेने पुर्वानुमान गरिएको छ ।
जुन १० देखी नियमित मनसुन सुरु हुने भएपनि यो वर्ष मनसुन सुरु हुन केही ढिला हुने बताईएको छ । इमेजखबरमा समाचार छ ।