विनाशकारी भुकम्पपछि सुनसान बनेको काठमाडौं उपत्यकामा फेरी चहलपहल, उपत्यका भित्रिने यात्रुहरुको संख्या बढ्दै

काठमाडौं । विनाशकारी भुकम्पपछि सुनसान बनेको काठमाडौं उपत्यकामा आजभोली फेरी चहलपहल बढेको छ ।
उपत्यकाबाट बाहिरिने भन्दा उपत्यका भित्रिने यात्रुहरुको संख्या पछिल्ला दिनहरुमा बढ्दै गएको छ ।
गएको २४ घण्टामा ७ हजार ४ सय २९ वटा सवारी साधनमार्फत ५८ हजार ९ सय यात्रु काठमाडौं भित्रिए भने ७ हजार २ सय ७३ वटा सवारी साधन प्रयोग गरेर ५३ हजार २ सय ८५ यात्रु उपत्यकाबाट बाहिरिएका छन् ।
काठमाडौं उपत्यकामा आइतबार भएका विभिन्न सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ , जसमध्ये एक जना अत्यधिक मदिरा सेवर गरी तिव्र गतिमा मोटरसाईकल चलाउने समेत रहेका छन् ।
गएराती विभिन्न स्थानमा भएका सवारी चेकजाँचको क्रममा ६७ जनालाई नियन्त्रणमा लिईएको छ ।
ती मध्ये अधिकांस मादक पदार्थ सेवन गरी सवारी चलाउनेहरु रहेको सुरक्षा स्रोतले बताएको छ ।
उपत्यकाका सडकमा आज सवारी साधनको चाप केही बढ्ने अनुमान गरिएको छ । उता पर्यटक आवागमन घट्दा हवाई यातायात भने प्रभावित भएको छ ।
माउन्टेन फ्लाईटहरु लगभग शुन्यको अवस्थामा झरेका छन् । आजका लागि अन्तराष्ट्रियतर्फ ६३ तथा आन्तरिकतर्फ १ सय १० उडान तय भएका छन् । इमेजखबरमा समाचार छ ।