बैशाख १२को भूकम्प र बैशाख २९ गते आएको परकम्पमा परी मृत्यु हुनेको संख्या ८ हजार ७७४, घाइते २२ हजार ३०३ जना

बैशाख १२को भूकम्प र बैशाख २९ गते आएको परकम्पमा परी मृत्यु हुनेको संख्या ८ हजार ७७४ पुगेको छ भने २२ हजार ३०३ जना घाइते भएका छन्।
 
भूकम्पबाट ज्यान गुमाउनेहरुमा उपत्यकामा १हजार ७३२, पूर्वाञ्चलमा ५८, मध्यमाञ्चल(उपत्यका बाहेक)मा ६ हजार ५२१, पश्चिमाञ्चलमा ४६१ र मध्य पश्चिमाञ्चलमा २ जना रहेका छन् ।
 
यस्तै उपत्यकामा १३ हजार १०२, पूर्वाञ्चलमामा ४५२,  मध्यमाञ्चलमा सात हजार ४७०, पश्चिमाञ्चलमा एक हजार २४१, मध्य पश्चिमाञ्चलमा ३६ जना र सुदूर पश्चिममा २ जना रहेको  प्रहरीले जनाएको छ।मृत्यु भएकामध्ये आठ हजार ६८१ जनाको शव आफन्तलाई बुझाई सकिएको छ भने चार हजार ४०५ जना विभिन्न अस्पतालमा उपचार गराइरहेका छन्।
 
यसैगरी भूकम्पबाट पूर्ण तथा आंशिक गरी उपत्यकामा ६७ हजार १८८, पूर्वाञ्चलमा ४५ हजार ९३०, मध्यमाञ्चलमा २लाख ८६२, पश्चिमाञ्चलमा १ लाख ४५ हजार ३२६, मध्य पश्चिमाञ्चलमा  १० हजार ८५ र सुदूर पश्चिम क्षेत्रमा १४८ गरी जम्मा चार लाख ६९ हजार ५३९ भौतिक संरचनाहरु क्षति भएका छन्। नेपाल प्रहरीबाट काठमाडौं उपत्यका लगायतका प्रभावित क्षेत्रहरुमा खाद्यान्न, त्रिपाल, स्वास्थ्य शिविर सञ्चालन र पानी लगायतका राहत सामाग्री वितरण कार्य भइरहेको छ। भग्नावशेष हटाउने, सरसफाई गर्ने, सुरक्षा गस्ती (पट्रोलिङ) गर्ने, उद्दार तथा खोज कार्यसमेतमा देशभर नेपाल प्रहरीबाट कुल ४४ हजार ६ सय २९ जना प्रहरी परिचालित भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। सेतोपाटीमा समाचार छ ।