बारा । बिगत केहि दिन यताको प्रचण्ड गर्मीले मध्य तराईको जनजीवन अस्तब्यस्त बनेको छ ।
बिहानैदेखि घाम चर्कदा सर्वसाधारणको दैनिकी ठप्प भएको छ । मजदुरदेखि सर्वसाधारणसम्मको दैनिकी नै बदलिएको छ ।
बारा, पर्सा, रौतहट, सिरहा, सप्तरी, सर्लाहीलगायतका जिल्लाहरु नराम्ररी प्रभावित बनेका छन् ।
गर्मीकै कारण हालसम्म सिरहामा चार, सप्तरीमा दुई र सर्लाहीमा एक जनाको मृत्यु भईसकेको छ ।
चिसो पानी र पेय पदार्थको बिक्री बढेको छ भने खेतीकिसानी गर्न कठिन भएको छ । सरकारी कार्यालयमा सेबाग्राही पातलिएका छन् ।
जिल्लाहरुमा तापक्रम ३९ देखि ४२ डिग्रीसम्म रहेको छ । गर्मीकै कारण सर्वसाधारणमा रिंगटा लाग्ने, वाकवाकी हुने, झाडापखाला लाग्ने, आँखा धमिलो हुने, कमजोरी महसुस हुने र वेहोस हुने, घाउ खटिरा जस्ता लक्षण देखिन थालेको जिल्ला अस्पताल बाराले जनाएको छ ।
अस्पतालका अनुसार गर्मीले गर्दा सर्पको बिगबिगी समेत बढेको तथा दैनिकजसो तीनदेखि चारजनासम्म सर्पको टोकाइबाट सिकिस्त भएका बिरामीहरु आउने गरेका छन् ।
उता, लोडसेडिङले गर्दा सर्वसाधारणको दैनिकी थप प्रभावित बनेको छ ।
उता, तराईका प्रमुख शहरहरु बांके र बर्दियामा ४४ डिग्री, कैलाली, कञ्चनपुर, रुपन्देही, दाङमा ४२ डिग्री र पूर्वका मोरङ, झापामा ४० डिग्रीसम्म तापक्रम पुगेको छ ।
काठमाडौंमा पनि गर्मीको पारो चढेको चढ्यै छ । इमेजखबरमा समाचार छ ।