डेढ महिना अघि आएको विनाशकारी भूकम्पमा परेर धादिङ जिल्लामा २ सय ३४ बालबालिकाको ज्यान भएको छ।
जिल्ला दैवि प्रकोप उद्धार समितिका अनुसार भुकम्पमा परेर १८ वर्ष मुनिका १ सय ३८ जना वालक र १ सय १६ जना बालबालिकाको मृत्यु भएको हो।
समितिका संयोजक एवम धादिङका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार जिल्लामा भूकम्पमा परी १ सय २६ जना सख्त घाईते भएका छन्।
यसै गरी १२ बालबालिकाले दुवै अभिभावक गुमाएका छन भने ६८ जनाले एक जना अभिभावक गुमाएका छन। भुकम्पको कारण जिल्लाभर ७ सय ३७ जनाको ज्यान गएको थियो। सेतोपाटीमा समाचार छ ।