संवैधानिक – राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले समितिको प्रतिवेदन संविधान सभामा पेश गरेका छन्।
बिहीबार साँझ बसेको संवाद समितिले बैठकले प्रतिवेदन पारित गरेपछि राति साढे ९ बजे प्रतिवेदन संविधानसभामा पेश गरेका हुन्। प्रतिवेदनमा भोलिदेखि छलफल हुनेछ ।
संविधान लेखनलाई द्रुतगतिमा अघि बढाउन प्रमुख राजनीतिक दलहरुबीच राज्यपुनःसंरचना, शासकीयस्वरुप, निर्वाचन प्रणाली र न्यायप्रणालीलगायत विवादित विषयमा यही जेठ २५ गते सहमति भएपछि संविधान निर्माणको बाटो खुलेको हो ।
बैठकलाई सम्बोधन गर्दै सभापति भट्टराईले संविधानसभामार्फत संविधान प्राप्त गर्ने जनताको चाहना बल्ल पुरा भएको बताएका छन्।
उनले भने, अब संविधान जारी हुने बाटो खुला भयो, यसले देशलाई स्थायित्व प्रदान गर्दै आर्थिक समृद्धिको बाटो खुला गरेको छ।