ताप्लेजुङ, जेष्ठ २९ । ताप्लेजुङको उत्तर पश्चिमी ६ ओटा गाउँ विकास समितिमा बुधबार राति आएको पहिरोमा परी मृत्यु हुनेको संख्या ५७ पुगेको छ ।
स्थानीयहरुले पहिरोमा पुरिएर ५७ जनाको मृत्यु भएको बताएका छन् । प्रहरीले भने अहिलेसम्म २३ जनाको शव फेला परेको पुष्टि गरेको छ । ३७ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ ।
घटनामा परी गम्भीर घाइते भएका १० जनालाई नेपाली सेनाको हेलिकप्टरबाट जिल्ला अस्पताल ताप्लेजुङ पुर्याइएको छ । तीमध्ये पनि ५ जनाको अवस्था नाजुक रहेकाले तत्काल अन्यत्र लैजान जिल्ला अस्पतालले सुझाव दिएको छ ।
स्थानीय हेम लिवाङका अनुसार लिवाङ गाविसको वडा नम्बर