जंगलमा प्रेमीसँग बसिरहेकी १५ वर्षीया किशोरीलाई नियन्त्रणमा लिएर सामूहिक बलात्कार गर्ने ६ जना अभियुक्त पक्राउ

 सुनसरी, जेष्ठ २९ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र एक किशोरीलाई नियन्त्रणमा लिएर सामूहिक बलत्कार गर्ने ६ जना अभियुक्तलाई ईलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ ।
पक्राउ परेका ६ जनालाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो । गत सोमबार राति बीपी प्रतिष्ठानदेखि पश्चिमको जंगलमा प्रेमीसँग बसिरहेकी १५ वर्षीया किशोरीलाई नियन्त्रणमा लिएर सामूहिक बलात्कार गरिएको थियो ।
घटनापछि प्रहरीले एक दर्जन व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गर्दा ६ जनाले सामूहिक बलात्कार गरेको स्वीकार गरेको प्रहरीले दाबी गरेको छ ।
पक्राउ पर्नेहरुमा धरान