हालै गएको शक्तिशाली भूकम्पबाट जलविद्युत् क्षेत्रमा दुई अर्ब ३० करोड रुपैयाँ बराबरको क्षति

काठमाडौं, जेष्ठ २९ । स्वतन्त्र उर्जा उत्पादकको संस्था, नेपाल (आइपान)ले हालै गएको शक्तिशाली भूकम्पबाट जलविद्युत् क्षेत्रमा दुई अर्ब ३० करोड रुपैयाँ बराबरको क्षति भएको जनाएको छ ।
समग्र क्षति विवरण, लागत तथा पुनःस्थापना गर्दा लाग्ने लागतसमेत गरी क्षतिको मूल्यांकन गरिएको आइपानले जनाएको छ । ती आयोजनाहरु पुनःनिर्माण गर्न दुई अर्ब ५० करोड रुपैयाँ लाग्ने आइपानले जनाएको छ ।
भूकम्पका कारण निजी क्षेत्रबाट निर्माण गरिएका १९ ओटा जलविद्युत् आयोजनामा क्षति पुगेको र यसबाट १ सय ९ मेगावाट प्रभावित भएको पनि आइपानले जनाएको छ ।
१४ ओटा आयोजना बन्द हुँदा ८० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिन बन्चित भएको पनि संस्थाले जनाएको छ । इमेजखबरमा समाचार छ ।