भूकम्पपीडितहरुलाई गरिने राहत वितरण पारदर्शी र निःस्वार्थ भावले सहयोग गर्न सरकार र दलका नेताहरुलाई पूर्व राजा ज्ञानेन्द्र शाहको सुझाव

काठमाडौं, जेष्ठ ३१ ।  पूर्व राजा ज्ञानेन्द्र शाहले गत बैशाख १२ र २९ गतेको महाभूकम्पमा परी घरबारविहीन बनेका भूकम्पपीडितहरुलाई गरिने राहत वितरण पारदर्शी बनाउन र निःस्वार्थ भावले सहयोग गर्न सरकार र दलका नेताहरुलाई सुझाव दिएका छन् ।
आइतबार पशुपति मन्दिरमा पूजा गरेर फर्केपछि सञ्चारकर्मीहरुसँग पूर्व राजा शाहले यस्तो आग्रह गरेका हुन् ।
साथै उनले भूकम्पका बेला विदेशीहरुले गरेको सहयोगको प्रशंसा गर्दै धन्यवाद पनि दिए ।
भूकम्पमा ज्यान गुमाएकाका परिवारप्रति समवेदना प्रकट गर्दै उनले मृतआत्माको चीर शान्तिको कामना गरे ।
भूकम्प गएपछि पूर्व राजा शाहले पहिलो पटक सञ्चारमाध्यम मार्फत् आफनो प्रतिक्रिया दिएका हुन । इमेजखबरमा समाचार छ ।