काठमाडौं उपत्यकाका तीन जिल्लालार्ई एक बर्षका लागि संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं, जेष्ठ ३१ । सरकारले भूकम्पबाट प्रभावित काठमाडौं उपत्यकाका तीन जिल्लालार्ई एक बर्षका लागि संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
मन्त्रिपरिषदको आइतबार बसेको बैठकले भूकम्पले क्षति पुर्‍याएको काठमाडौं, ललितपुर र भक्तपुर जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।

बैठकले ती क्षेत्रमा जोखिमयुक्त संरचनालाई भत्काएर पुनर्निर्माणलाई तिव्रता दिने निर्णय गरेको छ । इमेजखबरमा समाचार छ ।