भूकम्पबाट प्रभावित १४ जिल्लाका ८५ वटा झोलुङ्गे पुल क्षतिग्रस्त

भूकम्पबाट प्रभावित १४ जिल्लाका ८५ वटा झोलुङ्गे पुल क्षतिग्रस्त भएका छन् । प्राकृतिक प्रकोपले स्थानीय जनताको आवतजावतको प्रमुख माध्यमका रुपमा रहेको पुल भत्केपछि आउजाउमा अवरोध उत्पन्न भएको छ । भूकम्पले बढी मात्रामा गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा र रामेछापको झोलुङ्गे क्षति भएका छन् । 
 
स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागका अनुसार भूकम्प प्रभावित क्षेत्रमा आगामी छ महिनाभित्रै झोलुङ्गे पुल पुनःनिर्माण गर्ने लक्ष्य राखिएको छ । ग्रामीण क्षेत्रमा नदी वारपार गर्न सहज माध्यमका रुपमा रहेको झोलुङ्गे पुल भत्केपछि भूकम्पले प्रभाव पारेका क्षेत्रका जनताबाट डोलीडारमा दैनिक एक दर्जनभन्दा बढी जानकारी आउने गरेको छ । 
 
विभागका महानिर्देशक जीवनकुमार श्रेष्ठले भूकम्पले प्रभाव पारेका क्षेत्रमा क्षतिग्रस्त भएका पुलको पुनःनिर्माणका लागि