झापा, जेष्ठ ३२ । जङगली अर्नाको आक्रमणबाट सोमबार बिहान झापाको विर्तामोडमा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।
चारआलीको जङगलबाट निस्किएको अर्नाले आक्रमण गर्दा विर्तामोड नगरपालिका-९ निवासी बोलु सतारको मृत्यु भएको हो ।
घाइतेहरु चारै जनाको विर्तामोड स्थित बिएन्डसी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ ।
अर्ना गाउँ पसेर अन्धाधुन्ध आक्रमण गर्दा उनीहरुलाई आक्रमण गरेको हो । इमेजखबरमा समाचार छ ।