नेपाल, भारत, भुटान र बंगलादेशबीच यातायातका साधान निर्बाध रुपमा आवत जावत गर्न सक्ने

काठमाडौं । नेपालले भारत, भुटान र बंगलादेशसँग एक सम्झौतामा हस्ताक्षर गरेको छ । यो सम्झौता अनुसार चार देशबीच यातायातका साधान निर्बाध रुपमा आवत जावत गर्न सक्नेछन् ।
अब तपाई आफ्नो निजी कारबाट काठमाडौंदेखि नयाँ दिल्ली, कोलकत्ता, ढाका हुँदै थिम्पु पुग्न सक्नु हुनेछ र यातायातको साधन परिर्वतन गर्नु पर्दैन ।
भुटानका राजधानी थिम्पुमा चार देशका यातायात मन्त्रीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
समाचार एजेन्सी पीटीआईका अनुसार म्यानमार र थाइल्याण्ड पनि सार्क देशसँग सम्झौता गर्ने सहमति जनाएका छन् । अन्लाईनखबरमा समाचार छ ।