राप्ती नदीको कटानबाट उच्च जोखिममा रहेको बाँकेको होलिया गावजिसको टेपरी गाउँमा तटबन्ध निर्माणको काम अझै शुरु हुन सकेको छैन।
टेपरी बाँके जिल्लाकै नदी कटानको उच्च जोखिम भएको गाउँ हो। गत वर्ष आएको बाढीबाट टेपरी गाउका १ सय २० परिबार पुर्ण रुपमा प्रभाबित भएका थिए।
नदी गाउँमा पसेर बस्ती बगरमा परिणत भए पछि टेपरी गाउँका १ सय २० परिबार अझै पनि होलया गाविसकै नयाँबस्तीस्थित बिस्थापित शिबिरमा बस्दै आएका छन्।
टेपरीस्थित राप्ती नदीको किनारामा तटबन्ध निर्माणका लागि निर्माण कम्पनीले तार जाली र ढुंगा थुपारे पनि निर्माणको काम शुरु नभएपछि स्थानिय चिन्तित भएका छन्।
जनताको तटबन्ध कार्यालयले हरेक बर्ष बर्षात शुरु हुन थाले पछि मात्रै हतार हतारमा काम शुरु गर्ने र तटबन्ध निर्माण पुरा नहुदै नदीमा आएको बाढीले बगाउने गरेको स्थानीय राजकुमार शुक्लाले बताए।
नदी कटानको उच्च जोखममा रहेका होलिया, फत्तेपुर , बिनौना र कचनापुरका बिभिन्न ७ वटा स्थामा पक्की तटबन्ध निर्माणको काम भइ रहेको जनताको ततबन्ध कार्यालयले जनाएको छ।
राप्ती नदीमा तटबन्ध निर्माणको नाममा पाँच वर्षयता मात्र साढे २५ करोडको खर्च भैसकेको छ। गत साउनमा राप्ती नदीमा आएको बाढी बस्तीमा पस्दा बाँकेमा मात्रै करिब ८ हजार ५ सय परिबार प्रभाबित भएको थिए। सेतोपाटीमा समाचार छ ।