पाँचथर । पहिरोका कारण विस्थापित बनेका पश्चिम ताप्लेजुङका बासिन्दालाई खाद्यान्नको अभाव हुन थालेको छ ।
लिवाङ, खोक्लिङ, सान्थाक्रा र थिङ्लाबुका पहिरोपीडितको घरसँगै अन्नपात र खेतबारी बगेपछि उनीहरु समस्यामा परेका हुन् । सरकारले गत शनिबार नेपाली सेनाको हेलिकप्टरबाट पठाएको राहत सामग्री अपुग भएका पीडितले बताएका छन् ।
पहिरोबाट घरबार गुमाएका जीतबहादुर घिमिरेले भने, अहिलेसम्म हामीले केही राहत पाउन सकेका छैनौँ । बस्ने कतै केही नभएर नजिकैको विद्यालयको शरण लिएर ओत लागेर बसेका छौँ ।
आएका राहत पनि लिवाङ र खोक्लिङमा मात्रै वितरण गरिएको अन्य क्षेत्रका बाढी पहिरोपीडितले बताएका छन् ।
उता, पहिरोपीडित परिवारका विषयमा छलफल गर्न जिल्ला विपद् व्यस्थापन समितिले बोलाएको बैठकमा जिल्लास्थित विभिन्न दलका अगुवाले