भूकम्पका पराकम्पन जानेक्रम अझै रोकिएन. फेरि भूकम्पको धक्का महशूस

दोलखा केन्द्रबिन्दु बनाएर ४.१ रेक्टर स्केल भूकम्पको धक्का महशूस भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार राति ९ बजेर ५६ मिनेटमा दोलखा केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महशूस भएको हो।
यसअघि सोमबार दिउँसो ३ बजेर ५२ मिनेटमा सिन्धुपाल्चोक केन्द्र बनाएर भूकम्प गएको थियो।
वैशाख १२ को शक्तिशाली भूकम्पयता हालसम्म ३ सय ५० वटा भन्दा बढी ४ रेक्टर स्केलको भूकम्पको धक्का महशूस भइसकेका छन्। सेतोपाटीमा समाचार छ ।