सिँगटी, दोलखा – भूकम्पपछिको पहिरोले सडक अवरुद्ध पारेका कारण यातायात सम्पर्कविच्छेद बनेको दोलखाको उत्तरी क्षेत्रलाई सदरमुकामसँग जोड्ने प्रयास स्थानीय प्रशासनले जारी राखेको छ।
बीसभन्दा बढी गाविसलाई सदरमुकाम चरिकोटसँग जोड्ने उत्तरका सडकखण्डमा भूकम्पपछिको पहिरोले पारेको अवरोध पन्छाउन नसक्दा ९ गाविस अझै यातायात सम्पर्कबाहिर छन्।
स्थानीय प्रशासनले सडक विभाग र विभिन्न निकायमार्फत उत्तरलाई सदरमुकामसँग जोड्ने प्रयास भइरहेको जनाएको छ।